काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ४० लाख ३२ हजार ५० रुपैँया हुण्डी कारोबारमा गरेको अभियोगमा तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।
सरकारी वकिल कार्यालयले भारतको कलकत्ता यादवपुर घर भएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भएका ६३ वर्षीय धर्मप्रसाद ढकाल र नुवाकोट शिवपुरी गाउँपालिका वडा नं ७ का सिताराम गुणीलाई फरार प्रतिवादी बनाएर हुण्डीकारोबार कसुरमा जिल्ला अदालतमा काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।
विशालबजारस्थित सुजन दत्तले सञ्चालन गरेको श्री रेडिमेड स्टोरबाट अबैध रुपमा हुण्डी कारोबार गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो ।