शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः लेखा समितिले छानबिनका लागि अख्तियारलाई पठायो प्रतिवेदन


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ९ २०८२०८:१६
    पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः लेखा समितिले छानबिनका लागि अख्तियारलाई पठायो प्रतिवेदन

    काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको छ । विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहितको प्रतिवेदन समितिले अख्तियारलाई पठाएको हो ।

    जेठ ७ गते बसेको समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको थियो ।

    समितिको यही निर्णयका आधारमा समितिले विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन अख्तियारमा पठाएको हो ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेको थियो । लिङ्देन नेतृत्वको उपसमितिले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गरेको छ ।

    उपसमितिको प्रतिवेदनमा विमानस्थल निर्माण गर्दा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टाचार भएको उल्लेख गरिएको छ भने निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको औँल्याइएको छ ।

    प्रतिवेदनमा रहेका विषयहरूलाई यथाशीघ्र अध्ययन,अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउने गरी अख्तियारमा पठाउने निर्णय लेखा समितिको बैठकले गरेको थियो ।

    बैठकमा एमाले सांसद योगेश भट्टराईले उपसमितिको प्रतिवेदनमाथि असहमति जनाएका थिए । भ्रष्टाचारको कुरा आएपछि अख्तियारले छानबिन गर्नुपर्ने उनको भनाई थियो । सांसद भट्टराईले तत्कालीन पर्यटनमन्त्रीको हैसियतमा अख्तियारले आफूमाथि छानबिन गरे बयान दिन जाने बताएका थिए ।


    प्रतिक्रिया दिनुहोस