शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • कान्तिलोकपथ सडक अवरुद्ध


    हुलाक प्रेस

    • शनिबार, जेठ १० २०८२०८:५७
    कान्तिलोकपथ सडक अवरुद्ध

    बागमती । हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक गएरातिदेखि अवरुद्ध भएको छ । 

    मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको वाग्मती गाउँपालिका–२ जोड्ने वाग्मती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गएरातिदेखि कान्तिलोकपथ सडक पूर्णरुपमा अवरुद्ध भएको हो । 

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको छ । 

    कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा–काठमाडौं आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे । रासस


    प्रतिक्रिया दिनुहोस