शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • यार्सा संकलन गर्ने समूहबीच डोल्पामा झडप, दुई राउन्ड हवाई फायर


    हुलाक प्रेस

    • शनिबार, जेठ १० २०८२०७:३९
    यार्सा संकलन गर्ने समूहबीच डोल्पामा झडप, दुई राउन्ड हवाई फायर

    काठमाडौँ । यार्सागुम्बा संकलन गर्न गएका २ समूहबीच शनिबार दिउँसो डोल्पाको ठूली भेरी नगरपालिका– १ ठाला लेकमा झडप भएको सशस्त्र प्रहरीका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    पूर्वी रुकुम जिल्ला मैकोट गाउंपालिका र डोल्पाको काईके गाउंपालिका तथा ठूली भेरी नगरपालिकाका स्थानीयहरूबीच यार्सागुम्बा संकलनका क्रममा सीमाको विषयमा विवाद भई झडप भएको प्रहरीले बताएको छ । 

    यार्सागुम्बा संकलन गर्न करिब ६००/७०० मानिस त्यहाँ रहेको र आपसमा झडप भएको बताइएको छ । स्थितिलाई नियन्त्रणमा लिन लागि सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले २ राउन्ड हवाई फायर गरेको बताएको छ । अहिले भने त्यहाँको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । 


    प्रतिक्रिया दिनुहोस