बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारतमा एक हप्ताअघि नै भित्रियो मनसुन, नेपालमा पनि छिट्टै भित्रदै


    हुलाक प्रेस

    • आइतबार, जेठ ११ २०८२१०:५१
    भारतमा एक हप्ताअघि नै भित्रियो मनसुन, नेपालमा पनि छिट्टै भित्रदै

    काठमाडौँ । यस वर्ष नेपालमा मनसुन (वर्षायाम सुरु गराउने मौसम प्रणाली) औसत मिति (जुन १३ तारिख) भन्दा केही दिनअगाडि नै प्रवेश गर्ने लक्षण देखिएको मौसमविद्ले बताएका छन् । 

    भारतमा सरदरभन्दा एक हप्ता अघि नै मनसुन प्रवेश गरेपछि नेपालमा पनि मनसुन भित्रिन ढिलो नहुने अनुमान मौसमविदहरुले गरेका छन् ।

    भारतको केरलामा सामान्यतया १ जुनमा र नेपालमा १३ जुनमा मनसुन भित्रिने गर्दछ । तर यस वर्षको मनसुन भारतमा २४ मे अर्थात् जेठ १० गते नै भित्रिएको छ ।

    तथापि भारतको केरलामा यस वर्ष मनसुन औसत मिति मे ३० तारिखभन्दा ६ दिनअघि नै मे २४ तारिख (जेठ १० गते) नै भित्रिसकेकाले नेपालमा पनि औसत मितिभन्दा चाँडै मनसुन प्रवेश गर्ने अनुमान छ ।

    मौसम महाशाखाले आइतबार सूचना जारी गर्दै भनेको छ: बंगालको खाडीको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रमा साथै भारतको केरला आसपासका क्षेत्र, माल्दिभ्स, श्रीलंकालगायतका भूभागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन अगाडि बढने क्रममा छ । मनसुन भित्रिएपछि बर्खा सुरु भएको मानिन्छ । अहिले भने नेपालमा मनसुन भित्रिनुअघिको सिजन प्रि-मनसुन चलिरहेको छ । मनसुन भित्रिएपछि यो सिजन अन्त्य हुन्छ । 

    यसपटक मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । मौसमविद्का अनुसार नेपालमा मनसुन जुन, जुलाई, अगस्ट र सेप्टेम्बर ४ महिना रहन्छ । 


    प्रतिक्रिया दिनुहोस