शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • ट्रम्पले पुटिनलाई भनेः 'पागल'


    हुलाक प्रेस

    • सोमबार, जेठ १२ २०८२१०:४३
    ट्रम्पले पुटिनलाई  भनेः 'पागल'

    काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसले निरन्तर बमबारी गरिरहेकोमा आक्रोश व्यक्त गरेका छन् । उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई "पागल"को संज्ञा दिएका छन् ।

    यस क्रममा उनले रुसविरुद्ध थप प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको पनि बताएका छन् ।

    ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, ‘रुसका भ्लादिमिर पुटिनसँग मेरो सधैँ धेरै राम्रो सम्बन्ध छ, तर उनलाई केही भएको छ । उनी पूर्ण रूपमा पागल भएका छन् । उनी बिनाकारण धेरै मानिसहरूलाई मारिरहेका छन् र म सैनिकहरूको बारेमा मात्र कुरा गरिरहेको छैन । युक्रेनी सहरहरूमा बिना कारण मिसाइल र ड्रोन प्रहार गरिँदै छन् ।’

    ट्रम्पले अगाडि लेखेका छन्,‘मैले सधैँ भन्ने गरेको छु-  उनी युक्रेनको एक टुक्रा मात्र होइन, सम्पूर्ण युक्रेन चाहन्छन् र साय यो सत्य साबित हुँदै छ, तर उनले त्यसो गरे भने रुसको पतन हुनेछ ।’

    ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पनि आलोचना गरेका छन् । उनले भनेका छन्, ‘राष्ट्रपति जेलेन्स्कीले बोल्ने तरिकाले आफ्नो देशलाई कुनै राम्रो गरिरहेका छैनन् । उनको मुखबाट निस्कने सबै कुराले समस्या सिर्जना गर्छन्,मलाई यो मन पर्दैन, यो बन्द भए राम्रो हुनेछ ।’ यसअघि जेलेन्स्कीले अमेरिकाको 'मौनता' ले रुसका राष्ट्रपति पुटिनलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका थिए ।


    प्रतिक्रिया दिनुहोस