काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा ग्यास रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्शुराम यादवको २४ वर्षीय छोरा शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादव रहेका छन् ।
जेठ ११ गते पर्शुराम यादवको घरमा खाना पकाउने क्रममा ग्यास रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
भान्सामा ग्यास रेगुलेटर जडान गर्दा ग्यास लिक भएको र सोही बेला गोठमा बलिरहेको आगोले ग्यास समातेर ठूलो आगलागी भएको प्रहरीको अनुमान छ ।
आगलागीपछि इलाका प्रहरी कार्यालय हथिहवा दोहनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
यादवको घरमा आगलागी भएपछि स्थानीयवासीको आगो नियन्त्रणमा पहल गरेका थिए । आगोमा परि शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।
दुवैलाई भैरहवास्थित मेडिकल कलेज लगेर उपचार गरिएपनि उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ।