बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनेसम्म सदन चल्न नसक्ने रास्वपाको चेतावनी


    हुलाक प्रेस

    • मंगलबार, जेठ १३ २०८२१२:१७
    भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनेसम्म सदन चल्न नसक्ने  रास्वपाको चेतावनी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन आयोग गठन गर्नुपर्ने बताएका छन् ।

    (रास्वपा) सांसद खनालले आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएका हुन्  ।
     
    “संगठित ढंगले गरिएको भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ संगठित अपराध र सम्पत्ति शुद्धीकरण हेर्नेगरी छानबिन गर्न एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद् चल्न सक्दैन,” उनले भने ।
     
    उनले कर्मचारीले नागरिकता बनाउन घुस मागेको जस्तो विषय नभएको बताए ।

    “एक कर्मचारीले नागरिकता बनाउन गएको बेला घुस मागेको जस्तो विषय होइन । मेनपावरदेखि एयरलाइन्ससम्म कर्मचारीदेखि मन्त्रीसम्मको सचिवालय जोडिएको छ । प्रश्न गृहमन्त्रीमाथि उठेको छ । अनुसन्धान हुनुपर्छ । राजीनामा आउनुपर्छ,” उनले भने ।


    प्रतिक्रिया दिनुहोस