काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा मंगलबार जिप दुर्घटना हुँदा टेलिकम बाजुरा कार्यालयका प्रमुखसहित तीन जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक कर्णबहादुर महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको हो ।
नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
काँडाकोटमा रहेको नेपाल टेलिकमको टावरको ब्याट्री फेर्नका लागि मार्तडीबाट काँडाकोट जाँदै गर्दा जीप दुर्घटना परेको हो ।