काठमाडौं । यातायात व्यवसायीले १९ गतेदेखि देशभर अनिश्चितकालीन बन्दको घोषणासहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायत स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले सयुक्त पत्रकार सम्मेलन गरेर ७ बुँदे माग राख्दै आन्दोलनको कार्यक्रम अगाडि बढाएका हुन् ।
यातायात व्यवसायीले राखेका विभिन्न मागको सम्बोनध नभए सवारी साधन घरग्यारेजमा थन्क्याएर १९ गतेदेखि देशभर अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन् ।
सार्वजनिक यातायात क्षेत्रको १३ खर्ब लगानी जोखिममा परेको भन्दै विभिन्न संगठन मिलेर ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ बनाइएको छ ।
१५ लाखलाई प्रत्यक्ष रोजगारी दिएको यो क्षेत्रमा विस्थापित हुने अवस्था आएको व्यवसायीले गुनासो गरेका छन् ।
सबै मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, जेठ १४ मा मुख्यमन्त्रीलाई मागपत्र दिने, १८ गते कालो झन्डा सहित देशभर विरोध गर्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ ।