काठमाडौं । प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।
मङ्गलबार बिहान ११ बजे बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दे विपक्षी दलका सांसदले विरोध जनाएपछि बैठक दिउँसो साढे दुई बजेसम्मका लागि स्थगित भएको थियो ।
३० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर भोलिसम्मलाई सारिएको हो ।