बुटवल । बुटवलमा एक महिला र २ बच्चाको बीभत्स हत्या भएको छ ।
बुटवल उपमहानगरपालिका -११ होराइजनचोक नजिकै मिलीजुली पथमा तीन जनको हत्या भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले जानकारी दिए ।
अन्दाजी २७ वर्षीय महिला र छोरा र छोरीको घाँटी अँठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरीले जनाएको छ । बालबालिका ७ र ४ वर्ष छन् । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०–३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।