शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता आजै


    हुलाक प्रेस

    • बुधबार, जेठ १४ २०८२०९:४२
    न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता आजै

    काठमाडौँ । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज अपराह्न काठमाडौँ आउँदै छन् । 

    राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै उनले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    त्यसैगरी न्युजिल्यान्डका उपप्रधानमन्त्रीले आजै साँझ परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन हुने र उनको सम्मानमा परराष्ट्रमन्त्री डा राणाले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

    न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्सको यो पहिलो नेपाल भ्रमण हो ।


    प्रतिक्रिया दिनुहोस