बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक : गृहमन्त्री लेखकले राजीनामा दिनुनपर्ने निष्कर्ष


    हुलाक प्रेस

    • बुधबार, जेठ १४ २०८२१२:५५
    सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक : गृहमन्त्री लेखकले राजीनामा दिनुनपर्ने निष्कर्ष

    काठमाडौं । आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री लेखकसहित दुवै दलका प्रमुख सचेतक सहभागी बैठकले गृहमन्त्रीले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको हो ।

    भिजिट भिषा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै विपक्षी दलले मंगलबार पनि सदन अबरोध गरेका थिए ।

    विरोधपछि आज बसेको सत्ता गठबन्धनको बैठकले छानविन समिति पनि नबन्ने र राजीनामा पनि दिनुनपर्ने निष्कर्ष निकालेको हो । 

    यता विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा आउनैपर्ने नआए आजको संसद पनि अबरोध गर्ने जनाएका छन् । विरोधका कारण आज बस्ने भनिएको ११ बजेको प्रतिनिधिसभाको बैठक अहिलेसम्म पनि बस्न सकेको छैन । 


  • सम्बन्धित विषय:

  • # #nepalipolitics
  • # #rameshlekhak
  • प्रतिक्रिया दिनुहोस