शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान


    हुलाक प्रेस

    • बुधबार, जेठ १४ २०८२०१:०४
    यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान

    काठमाडौँ । यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो । 

    महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ ३० गतेतिर हुने गरेको  भए पनि यस वर्ष चाँडो हुने अनुमान गरिएको बताए । 

    यही जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बङ्गलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको तथा भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ सम्ममा त्यो नेपाल भित्रिसक्ने उनले बताए ।
    यो वर्ष वार्षिक सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस