बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विपक्षी दलको अबरोधका कारण प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै आधा घण्टाको लागि स्थगित


    हुलाक प्रेस

    • बुधबार, जेठ १४ २०८२०१:१४
    विपक्षी दलको अबरोधका कारण प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै आधा घण्टाको लागि स्थगित
    तस्वीर : रासस

    काठमाडौं । बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक २ घण्टा ढिलो गरी सुरु भएलगत्तै आधा घण्टाको लागि स्थगित भएको छ । 

    गृहमन्त्री रमेश लेखक भिजिट भिषा प्रकरणमा मुछिएपछि उनको राजीनामाको माग गर्दै विपक्षी दलहरुले अबरोध गरेपछि सभामुख देवराज घिमिरेले सदन आधा घण्टाको लागि स्थगित भएको जनाएका हुन् ।

    सत्तापक्षका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरु यही विषयमा बालुवाटारमा छलफलमा  जुटेका थिए ।

    बैठकले गृहमन्त्रीको राजीनामा सम्बन्धी विपक्षी दलको मागलाई अस्वीकार गर्दै बैठकमा गृहमन्त्रीबाट जवाफ दिने निर्णय गरेको छ ।

    सदनमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकले सदनमा बोल्न समय माग गरेको र उनले बोल्ने वातावरण मिलाउन विपक्षी दलका नेताहरुसँग आग्रह गरेका थिए ।

    तर विपक्षी दलले अवरोध कायम गरेपछि सभामुखले संसद आधा घण्टाको लागि स्थगित गरेका हुन् । 


    प्रतिक्रिया दिनुहोस