शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प


    हुलाक प्रेस

    • बुधबार, जेठ १४ २०८२०१:२२
    कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ ।कास्कीको फुलिबाङ  आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्की जिल्लाको फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि जेठ १२ गते जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

    नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस