बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मेयर बालेनप्रति प्रधानमन्त्री दहालको असन्तुष्टि, बोल्ने मात्र नभइ जवाफ सुन्न पनि दिए सुझाव


    हुलाक प्रेस

    • सोमबार, पुस २ २०८००१:५०
    मेयर बालेनप्रति प्रधानमन्त्री दहालको असन्तुष्टि, बोल्ने मात्र नभइ जवाफ सुन्न पनि दिए सुझाव

    काठमाडौं । ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    सोमबार आयोजित कार्यक्रममा उनले आफ्ना कुरा नसुनी मेयर बालेन कार्यक्रमस्थलबाट बाहिरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। 

    “अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई पहिले बोलेर हिड्नेसँग पनि अलेलि इरिटेसन हुन्छ,” प्रधानमन्त्रीले भने, “आफूले भन्ने कुरा जे छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।”

    बागमती किनारका सुकुम्बासी बस्ती वा तीनकुने र फोहोरमैला व्यवस्थापनका निम्ति मिलेर काम गर्न आफूले पहल गरेको प्रधानमन्त्री दाहालले बताउँदै सो बारेमा बालेनले कुनै जिकिर नगरेकोप्रति पनि असन्तुष्टि व्यक्त गरे । 

     'म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने– बालेन्द्रजी, तपाईंले चाहे त्यो वाग्मतीमा हस्तक्षेपको कुरालाई लिएर होस् या तिनकुनेको कुरालाई होस् । चाहे फोहोरमैला व्यवस्थापनका निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्नेबारेमा कतिपटक सिंहदरबारमा बैठक भयो ?,” प्रधानमन्त्रीले प्रश्न गरे, “के अहिलेको प्रधानमन्त्रीजत्तिको सकारात्मक, रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अरू कसैले कहीँ देख्नुभएको छ ?”

    प्रधानमन्त्री दाहाल बोल्नुअघि काठमाडौंका मेयर बालेनले आफ्नो कुरा राखेका थिए । उनले संघीय सरकारबाट कुनै कुनै कुरामा चाहेकोजस्तो सहयोग नमिलेको बताउँदै प्रधानमन्त्रीले चाहने हो भने खोला अतिक्रमणका विषय पाँच मिनेटमा सल्टिने बताएका थिए ।

    आफ्नो कुरा राखेर मेयर शाह कार्यक्रमबाट बाहिरीएका थिए । 


  • सम्बन्धित विषय:

  • # #prachanda
  • # #balen
  • प्रतिक्रिया दिनुहोस