काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितलाई पत्नीशोक परेको छ ।
पण्डितकी धर्मपत्नी विमला महतको गए राति पौने १ बजे निधन भएको पूर्वमन्त्री पण्डितले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी महतको ६० वर्षको उमेरमा निधन भएको हो ।