बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै


    हुलाक प्रेस

    • बिहीबार , जेठ १५ २०८२११:००
    बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै

    काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक हुँदैछ ।

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ । 

    आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    सङ्घीय संसद्मा अपराह्न ३ः०० बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस