शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुरमा बंगालादेशी नागरिकलाई बन्धक बनाएको आरोपमा ५ भारतीय पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , जेठ १५ २०८२११:५६
    ललितपुरमा बंगालादेशी नागरिकलाई बन्धक बनाएको आरोपमा ५ भारतीय पक्राउ

    काठमाडौँ । नेपाल घुम्न आएका बंगलादेशका नागरिकहरूलाई बन्धक बनाएको आरोपमा प्रहरीले ५ जना भारतीयलाई पक्राउ गरेको छ ।

    आरोपीहरूले ललितपुर महानगरपालिका–१५ स्थित एक घरमा बन्धक बनाएर आफन्तसँग फिरौती मागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बिहीबार जानकारी दिए । 

    पक्राउ पर्नेमा भारतको नयाँ दिल्ली घर भएर ललितपुर बस्ने ३८ वर्षीय शिव सौरभ, पन्जाब घर भएका ३२ वर्षीय दीपक कुमार, ३६ वर्षीय संदिप कुमार, ३८ वर्षीय जसप्रित सिंह र ६४ वर्षीय रमेश जाधव छन् ।


    प्रतिक्रिया दिनुहोस