बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सार्वजनिक संस्थानहरूको नाफा १२.८८ प्रतिशतले घट्यो


    हुलाक प्रेस

    • बिहीबार , जेठ १५ २०८२०२:४२
    सार्वजनिक संस्थानहरूको नाफा १२.८८ प्रतिशतले घट्यो

    काठमाडौं ।  सार्वजनिक संस्थानहरूको नाफा १२।८८ प्रतिशतले घटेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोडमा सीमित भएको बताएका हुन् ।  

    सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा रहेको १५ वटा संस्थान घाटामा रहको अर्थमन्त्री पौडेलले बताए । 
    त्यस्तै, दुईवटा भने पूर्ण रूपमा बन्द अवस्थामा छन् ।

    नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी तीन अर्ब ६३ करोड  छ । गत वर्षको तुलनामा ८.६५ प्रतिशतले नोक्सानी बढेको हो ।  

    संस्थानहरूबाट सरकारले प्राप्त गर्ने लाभांश समेत १३ अर्ब ७५ करोडबाट घटेर ८ अर्ब ८३ करोड रूपैयाँमा सीमित भएको छ । सेयर लगानीको तुलनामा लाभांश अनुपात २.४ प्रतिशत मात्रै हो । 

    ४५ वटा मध्ये २० वटामा सरकारको पूर्ण लगानी र बाँकीमा अधिकांश सेयर स्वामित्व छ । 

    संस्थानहरूको कुल सम्पत्ति २।२० प्रतिशतले बढेर २९ खर्ब १० अर्ब १७ करोड पुगेको छ ।  सरकारको कुल लगानी ५।८६ प्रतिशतले बढेर सात खर्ब ३ अर्ब ९३ करोड पुगेको छ। यसमध्ये सेयर लगानी ३ खर्ब ६४ अर्ब रूपैयाँ र ऋण लगानी ३ खर्ब ३९ अर्ब हो । 


    प्रतिक्रिया दिनुहोस