बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ


    हुलाक प्रेस

    • मंगलबार, पुस ३ २०८०१०:४२
    यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

    मन्थली । लिखुतामाकोशी गाउँपालिका –७  मा रहेको नवदर्शन माध्यमिक विद्यालयका  शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । 

    सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए ।

    पीडित छात्राले  आफुमाथि शिक्षक सार्कीले यौन दुव्र्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए । 

    प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको  प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि  यौन दुर्व्यवहार गरेका थिए । रासस


    प्रतिक्रिया दिनुहोस