बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मुसहर, डोम र चमार समुदायलाई चिकित्सा शिक्षामा छात्रवृत्ति, २ अर्ब ४४ करोड बिनियोजन


    हुलाक प्रेस

    • बिहीबार , जेठ १५ २०८२०४:४९
    मुसहर, डोम र चमार समुदायलाई चिकित्सा शिक्षामा छात्रवृत्ति, २ अर्ब ४४ करोड बिनियोजन

    काठमाडौँ । सरकारले सीमान्तकृत मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सा शिक्षामा छात्रवृत्ति दिने भएको छ ।

    बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले त्यसका लागि रकमको समेत घोषणा गरे ।

    ‘मुसहर, डोम र चमार समुदायलाई चिकित्सक शिक्षा छात्रावृत्तिका लागि २ अर्ब ४४ करोड विनियोजन गरेको छु,’ उनले भने । त्यस्तै  उच्च शिक्षालाई अनुसन्धानलक्षित बनाइने र अध्ययनका लागि मुलुकबाहिर जानेक्रम रोक्ने समेत बजेटमा उल्लेख गरिएको छ । 

    सहिद दशरथ चन्द विश्वविद्यालय सञ्चालनमा ल्याइने र केही विद्यालयममा विदेशी विद्यार्थीलाई पनि लक्षित गरेर निःशुल्क भिसा दिने व्यवस्था मिलाइने समेत अर्थमन्त्री पौडेलले उल्लेख गरे ।

    सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई पनि निरन्तरतता दिएको छ । ‘हरेक प्रदेशमा एक प्राविधिक विद्यालय छनोट गरिने छ,’ बजेट बाचन गर्दै अर्थमन्त्रीले भने, ‘सेवाको प्रकृतिका आधारमा सार्वजनिक निकायमा इन्टर्न (प्रशिक्षार्थी कर्मचारी)को व्यवस्था गरिनेछ। कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन गरिनेछ ।’ 

    सरकारले शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड  रुपैयाँ बिनियोजन गरेको छ ।


    प्रतिक्रिया दिनुहोस