बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • सरकारले फेरि ल्यायो क्रसरजन्य निर्यातको योजना, ढुंगा, गिट्टी र बालुवा भारत पठाइने


    हुलाक प्रेस

    • बिहीबार , जेठ १५ २०८२०६:२१
    सरकारले फेरि ल्यायो क्रसरजन्य निर्यातको योजना, ढुंगा, गिट्टी र बालुवा भारत पठाइने

    काठमाडौँ । सरकारले ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरी निर्यात गर्ने योजना फेरि ल्याएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमा वातावरणीय प्रभाव मूल्यांकन तथा अध्ययन गरी नदीजन्य र खानीजन्य वस्तुको उत्पादन गरी उपयोग र निर्यात गर्ने घोषणा गरेका हुन् ।
     
    नेपाली वस्तुको उत्पादन र निर्यातलाई प्राथमिकता दिइने भन्दै बजेटमा यो प्रसंग उल्लेख छ । यसअघि पनि क्रसर निर्यातको योजना ल्याउँदा सरकारको तीव्र आलोचना भएको थियो ।

    यसपालि सरकारले आयस्रोत बढाउने उद्देश्यले नेपालका ढुंगा, गिटी, बालुवा उत्खनन् गरी भारत निर्यातको योजना ल्याएको हो ।

    सरकारी अधिकारीहरूले क्रसरको कारोबार अहिले अनौपचारिक रूपमा भइरहेको र अब करको दायरामा मात्र ल्याउन लागिएको दाबी गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस