शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ


    हुलाक प्रेस

    • शुक्रबार, जेठ १६ २०८२०२:०६
    काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ

    काठमाडौँ । काठमाडौँको नागार्जुनमा माइक्रोबसबाट खसेर एक महिलाको मृत्यु भएको छ । 

    शुक्रबार बिहान नागार्जुन नगरपालिका-६ टेम्पो पार्कस्थित सडकमा बा.प्र.०१-००२ ज ७०५७ नम्बरको माइक्रोबाट खसेर ३८ वर्षीया कोपिला परियारको मृत्यु भएको हो । 

    प्रहरी परिसर काठमाडौँका अनुसार महाँकालबाट सीतापाइलातर्फ आउँदै गरेको माइक्रोबाट खसेर परियारको मृत्यु भएको हो । 

    उदयपुरको कटारी नगरपालिका-७ घर भएकी परियार नागार्जुन नगरपालिका-६ रामकोट बस्दै आएकी थिइन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    प्रतिक्रिया दिनुहोस