शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध


    हुलाक प्रेस

    • शनिबार, जेठ १७ २०८२१०:१२
    कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध

    धनकुटा । आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ ।

    बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक टङ्क थापाले जानकारी दिए ।

    यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको थापाले जानकारी दिए ।

    सडक अवरोध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथर यातायात ठप्प भएको छ । 

    चुरे पहाडको फेदीमा रहेको यस सडकखण्डमा हरेक वर्षको बाढी र पहिरोले अवरोध हुनेगरेको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस