शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • अख्तियारबाटै प्रश्न उठेपछि गृहमन्त्रीले सच्याए डीआईजी सरुवाको निर्णय


    हुलाक प्रेस

    • शनिबार, जेठ १७ २०८२०३:४६
    अख्तियारबाटै प्रश्न उठेपछि गृहमन्त्रीले सच्याए डीआईजी सरुवाको निर्णय

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूमाथि समेत हुनसक्ने सम्भावित अनुसन्धानलाई नै हस्तक्षेप गर्ने प्रयास गरेका छन् । अख्तियारका पदाधिकारीहरुले नै आपत्ति जनाएपछि त्यो प्रयास विफल भएको हो ।

    प्रहरीको मानवस्रोत विकास विभागले शुक्रबार एक विज्ञप्ति निकालेको थियो । विज्ञप्ति अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायव महानिरीक्षक(डीआईजी) हिमालय श्रेष्ठलाई त्यहाँबाट उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको उल्लेख छ ।

    रानीपोखरीमा कार्यरत अर्का डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएको कारण देखाई श्रेष्ठको सरुवा भएको थियो । प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार, गत मंगलबार (१३ जेठ)को गृहमन्त्री स्तरीय निर्णयबाट डीआईजी श्रेष्ठको सरुवा भएको थियो ।

     


    प्रतिक्रिया दिनुहोस