शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • कमल थापासहित छ जना रिहा


    हुलाक प्रेस

    • आइतबार, जेठ १८ २०८२१०:०८
    कमल थापासहित छ जना रिहा

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापासहित प्रहरी नियन्त्रणमा रहेका छ जना थुनामुक्त गरिएको छ । ‘चर्को बोलेको’ आरोपमा पक्राउ परेका दीपक सिंहलाई पनि थुनामुक्त गरिएको छ ।

    थापा दिउँसो पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका छ जनालाइ थुनामुक्त गरिएको जनाइएको छ । तर डा. राजीब झाले भने मापसे गरेको पाइएको भन्दै हिरासतमै राखिएको प्रहरीले जनाएको छ । उनीमाथि मापसे गरेर प्रहरीलक्षित जथाभावी अभिव्यक्ति दिएको आरोप छ ।

    आइतबार दिउँसो काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनका क्रममा थापाले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।


    प्रतिक्रिया दिनुहोस