बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इन्टरपोलमा 'रेड नोटिस' जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ


    हुलाक प्रेस

    • मंगलबार, पुस ३ २०८००५:५१
    इन्टरपोलमा 'रेड नोटिस' जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

    काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले कुवेतबाट पक्राउ गरेको छ । काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका हुन् । 

    एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ । लामाविरुद्ध प्रहरी वृत्त जगती भक्तपुरमा  जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो । 

    अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # अपराध
  • प्रतिक्रिया दिनुहोस