शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सार्वजनिक यातायात ठप्प हुदाँ यात्रु मर्कामा


    हुलाक प्रेस

    • सोमबार, जेठ १९ २०८२११:३३
    सार्वजनिक यातायात ठप्प हुदाँ यात्रु मर्कामा

    काठमाडौं । देशका अधिकांश स्थानमा सोमबार (जेठ १९) बिहानैदेखि सार्वजनिक यातायात ठप्प छ । लामो तथा छोटो दूरीका सार्वजनिक यातायात नचल्दा सार्वसाधारण मर्कामा परेका छन् ।

    काम विशेषले गन्तव्यतर्फ लागेका यात्रीसहितका सर्वसाधारणलाई गाडी ठप्प हुँदा सास्ती भएको छ । सार्वजनिक यातायात नचलाइँदा कतिपय विद्यालय समेत बन्द गरिएको छ ।

    काठमाडौंमा साझा यातायात भने गुडिरहेको देखिएको छ । ठाउँठाउँमा यात्री सार्वजनिक सवारीसाधनको प्रतीक्षामा देखिएका छन् ।

    सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिको आह्वानमा देशभरका उक्त गाडी बन्द गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । समितिले सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्क्याएर विरोध गर्ने निर्णय गरेको थियो ।

    गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’का नाममा निजी प्रयोजनका निम्ति खरिद गरिएका सवारीसाधनलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने गरी ल्याएको कानुन खारेज गर्नुपर्ने व्यवसायीको मुख्य माग छ ।


    प्रतिक्रिया दिनुहोस