शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • पोखरामा अलपत्र ५६४ यात्रुलाई स्कर्टिङ मार्फत् गन्तव्यमा पठाइयो


    हुलाक प्रेस

    • सोमबार, जेठ १९ २०८२०१:००
    पोखरामा अलपत्र ५६४ यात्रुलाई स्कर्टिङ मार्फत् गन्तव्यमा पठाइयो

    काठमाडौं । पोखरामा अलपत्र परेका यात्रुलाई कास्की प्रहरीले स्कर्टिङ गरेर गन्तव्यमा पठाएको छ ।

    पोखराबाट गन्तव्यमा जान नपाएका ५६४ यात्रुलाई कास्कीका डीएसपी हरिबहादुर बस्नेतको कमान्डको टोलीले गन्तव्यमा पठाएको हो ।

    बस्नेतका साथै सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर कालिकाबाट खटिएको टोलीले यात्रुलाई गन्तव्यमा पठाएको छ ।

    पोखराको पर्यटक बसपार्कबाट १४ वटा सवारीसाधन काठमाडौं र ३ वटा चितवन गरी १७ वटा सवारीमार्फत यात्रुलाई गन्तव्यमा पठाइएको प्रहरीले बताएको छ ।


    प्रतिक्रिया दिनुहोस