बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विपक्षी मोर्चाको नयाँ प्रस्ताव: ०६४ सालयताका सबै गृहमन्त्रीमाथि छानबिन गरौँ


    हुलाक प्रेस

    • मंगलबार, जेठ २० २०८२०१:२१
    विपक्षी मोर्चाको नयाँ प्रस्ताव: ०६४ सालयताका सबै गृहमन्त्रीमाथि छानबिन गरौँ

    काठमाडौँ । विपक्षी दलको बैठकले ०६४ सालयताका सबै गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । भिजिट भिसा प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको दाबीसहित उनीहरूले ०६४ सालयताका सबै गृहमन्त्रीमाथि छानबिन गर्न प्रस्ताव गरेका हुन् । 

    नेकपा मा‌ओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूको छलफलले भिजिट भिसा प्रकरणमा सम्बन्धित छानबिन बनाउने र यसलाई सधैँका लागि निराकरण गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेको हो । 

    'उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आए पश्चातको समयदेखि हाल रहनुभएको गृहमन्त्रीको कार्यकालसम्मको 'भिजिट भिसा प्रकरण' सम्बन्धित छानबिन/आयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षिय प्रतिबद्धता जनाउने' बैठकको निष्कर्ष छ ।  

    आजको बैठकले योसहित तीन बुँदे निष्कर्ष निकालेको रास्वपाका सांसद मनीष झाले जानकारी दिए । अर्को बुँदामा उनीहरूले यस प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने र त्यसको परिणाम नआएसम्म गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने भनेका छन् । 

    त्यस्तै यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनीहरूको अर्को निष्कर्ष छ । 


    प्रतिक्रिया दिनुहोस