शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • विपक्षीले गृहमन्त्रीको राजीनामालाई प्रमुख एजेन्डा बनाएरपछि बस्न सकेन प्रतिनिधिसभा बैठक


    हुलाक प्रेस

    • मंगलबार, जेठ २० २०८२०३:०४
    विपक्षीले गृहमन्त्रीको राजीनामालाई प्रमुख एजेन्डा बनाएरपछि बस्न सकेन प्रतिनिधिसभा बैठक
    तस्वीर : रासस

    काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि (बुधबार) दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

    मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सुरुमा स्थगित भएको थियो ।

    गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले राजीनामा माग गरिरहेका छन् । आज पनि विपक्षी दलहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका थिए । तर, उनीहरू आ–आफ्नो अडानबाट पछि हटेका छैनन् ।


    प्रतिक्रिया दिनुहोस