बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राजावादी नेताहरुको अंगरक्षकलाई फिर्ता बोलाइयो, अब आन्दोलन छाडे मात्रै पाइने


    हुलाक प्रेस

    • बुधबार, जेठ २१ २०८२१२:५९
    राजावादी नेताहरुको अंगरक्षकलाई फिर्ता बोलाइयो,  अब आन्दोलन छाडे मात्रै पाइने

    काठमाडौं । राजावादी नेताहरुले आन्दोलन नछाडेसम्म पीएसओ (अंगरक्षक) नपाउने भएका छन् ।

    राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन थालेपछि सरकारले राजावादी नेताहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेको थियो ।

    बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था सुशासन समितिको बैठकमा राप्रपा नेता बुद्धिमान तामाङले अंगरक्षक फिर्ता बोलाउनुपर्नाको कारणबारे गृहमन्त्री रमेश लेखकलाई सोधेका थिए । त्यसपछि मन्त्री रमेश लेखकले राजावादीहरुको आन्दोलन रोकिए नेताहरुको अंगरक्षक पुनः खटाइने बताए ।

    मन्त्री लेखकले भने, ‘हजुरहरुले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरुलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यी घटनाहरु भएनन् भने सुरक्षा पुनः स्थापित गरिन्छ ।’

    केही दिनअघि राप्रपा नेताहरु ध्रुवबहादुर प्रधान, दीपक सिंह र ज्ञानबहादुर शाहीका अंगरक्षक फिर्ता भएको सो पार्टीकै नेताहरुले बताएका थिए । त्यतिबेला प्रहरी प्रधान कार्यालयका अधिकृतहरुले राजावादीहरुको आन्दोलनको ब्रिफिङका लागि पीएसओलाई बोलाइएको बताएका थिए । तर अहिलेसम्म पीएसओ राप्रपाका नेताहरुमा पुनः खटिएका छैनन् ।

    गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाउनुपरेको बताए ।


    प्रतिक्रिया दिनुहोस