शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


    हुलाक प्रेस

    • बिहीबार , जेठ २२ २०८२१०:१६
    बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    भद्रपुर झापा । दमक–७ पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

    दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मिलन थापा गम्भीर घाइते भएका थिए । 

    उपचारका लागि आर्य न्यूरो अस्पताल विराटनगर लगिएकामा निजको उपचारका क्रममा मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

    दुर्घटनापछि बस चालक झापाको गौरादह–४ बस्ने सरकार टुडु र दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस