शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • कुटपिटबाट घाइते १४ वर्षीय विराज गिरीको मत्यु


    हुलाक प्रेस

    • बिहीबार , जेठ २२ २०८२१०:२७
    कुटपिटबाट घाइते १४ वर्षीय विराज गिरीको मत्यु

    दाङ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ ।

     नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । निजको टाउकोमा गम्भीर चोट लागेको थियो । 

    तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडा कुटपिटमा परिणत भएको थियो । वलीलाई नियन्त्रणमा लिइएको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस