बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर


    हुलाक प्रेस

    • बिहीबार , जेठ २२ २०८२०१:४५
    पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरूद्ध बिहिबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ जग्गा हिनामिना प्रकरणमा १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी सहित अध्यक्ष नेपाल सहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा दायर गरेको  सूचना अधिकारी यज्ञराज रेग्मीले हुलाक प्रेसलाई बताए । 

    तत्कालीन प्रधानमन्त्री रहेका नेपालले भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई १८ माघ २०६६ मा ८ सय १५ रोपनी जग्गा किन्न मन्त्रि परिषद निर्णय गराई स्वीकृति दिएका थिए । 

    सो समय पतन्जलीले  बनेपाको नासिकास्थान, साँगा, महेन्द्रज्योति र चलाल गणेस्थान क्षेत्रमा गरी ५ सय ९३ रोपनी ५ आना ३ पैसा किनेको थियो र किनेको २ महिना नबित्दै ६ चैत २०६६ मा मन्त्रिपरिषद्बाट अर्को निर्णय गराई नेपालले सो जग्गा बेच्न स्वीकृति दिएका थिए । 

    सोही प्रकरणमा नेपाल नै मुख्य दोषी देखिएको दावी सहित उनी विरुद्ध मुद्धा दायर गरको अख्तियारले  जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस