शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • बाजुराको बुढीगङ्गामा ग्यास सिलिण्डर पड्किँदा भिषण आगलागी, १२ वटा भन्दाबढी पसल जलेर नष्ट


    हुलाक प्रेस

    • शुक्रबार, जेठ २३ २०८२०६:१८
    बाजुराको बुढीगङ्गामा ग्यास सिलिण्डर पड्किँदा भिषण आगलागी, १२ वटा भन्दाबढी पसल जलेर नष्ट

    बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिका ६ मा पर्ने बाम्का बजारमा आज दिउँसो ग्यासको सिलिण्डर पड्किँदा आगलागी भएको छ । 

    बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए । 

    आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको बताउँदै उनले आगो लाग्नुको कारण भने खुल्न नसकेको उल्लेख गरे । हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय लागिरहेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् । 
    रासस


    प्रतिक्रिया दिनुहोस