शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • भेरी नदीमा बेपत्ता दुईको शव फेला, १२ वर्षीया कुसारी अझै बेपत्ता


    हुलाक प्रेस

    • शुक्रबार, जेठ २३ २०८२०६:३९
    भेरी नदीमा बेपत्ता दुईको शव फेला, १२ वर्षीया कुसारी अझै बेपत्ता

    काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ । 

    भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक  वसन्त शर्माले बताए  । १२ वर्षीया आशा कुसारी अझै बेपत्ता छिन् । 

    बेपत्ताको खोजी जारी छ । आज दिउँसो २ बजे भेरीमा पौडी खेल्ने क्रममा उनीहरु भेरीमा बेपत्ता भएका हुन् । जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको जाजरकोटका डिएसपी शर्माले जानकारी दिए । आशा र महेश एकै घरका दिदी भाई हुन् । रासस


    प्रतिक्रिया दिनुहोस