काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित मनाससको एक घरमा गोली लागेर मृत्यु भएको अवस्थामा चार नेपालीको शव भेटिएको त्यहाँको प्रहरीले जनाएको छ ।
मनाससपार्क प्रहरीका अनुसार एक घरको भुँइ तलामा बस्ने नेपाली परिवारका चारजना मृत अवस्थामा फेला परेको जनाएको छ ।
स्थानीय समय अनुसार बिहीबार राति १०:४० बजे घरधनीले प्रहरीलाई खबर गरेर आफ्नो घरको भुँइतलामा बस्ने ब्यक्तिहरुको अवस्था बुझ्न अनुरोध गरेका थिए ।
त्यसपछि घटनास्थल पुग्दा प्रहरीले चार जनालाई मृत अवस्थामा फेला पारेको जनाएको छ । मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेका प्रहरीले विज्ञप्तिमा जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा सबैको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले यो घटनालाई आत्महत्या हो या हत्या हो भनेर अनुसन्धान गरिरहेको जनाएको छ । घटनास्थलमा प्रहरीले एक बन्दुक पनि फेला पारेको जनाएको छ ।
अनुसन्धान जारी रहेको प्रहरीले विज्ञप्तिमा जनाएको छ ।