बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भिजिट भिषा सेटिङ प्रकरण

    छानबिन समिति नबनाउने सत्तापक्षको अडानले संसद अबरुद्ध हुने संकेत


    हुलाक प्रेस

    • आइतबार, जेठ २५ २०८२१२:५८
    छानबिन समिति नबनाउने सत्तापक्षको अडानले संसद अबरुद्ध हुने संकेत

    काठमाडौँ । संसद्को अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षबिहिन बनेको छ । 

    आइतबार सभामुखले सिंहदरबारमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।

    छलफलमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षले आआफ्नै अडान दोहोर्‍याएका थिए। छलफलमा सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याएका थिए । 

    जवाफमा प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेककमाथि छानबिन हुनुपर्ने अडान दोहोर्‍याएका थिए । यद्यपि उनले आजै विपक्षी दलहरुको बैठक रहेकाले यसबारे थप धारणा त्यसपछि दिने उनले बताएका थिए । 

    सभामुखले घिमिरेले भने राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाका थिए । संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस