काठमाडौं । बारामा बस र ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २७ जना घाइते भएका छन्।
झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बुधबार बिहान बाराको अमलेखगञ्जस्थित ३ नम्बर पुल नजिक आपसमा ठोक्किएका थिए।
दुर्घटनामा ट्रक चालक, तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बसका चालक मकवानपुरको हेटौँडा घर भएका ४० वर्षीय हरि शमशेर र अर्का एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए।