शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • टेलिकम बिलिङ प्रकरणमा २४ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय


    हुलाक प्रेस

    • आइतबार, जेठ २५ २०८२०२:५७
    टेलिकम बिलिङ प्रकरणमा २४ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय

    काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गर्‍यो ।

    बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले उनीहरूमाथि मुद्दा दायर गरेको हो ।

    अख्तियारले यो प्रकरणमा अनुसन्धानको दायरामा आएका २४ जनामाथि भने मुद्दा चलाएको छैन । तत्कालीन सञ्चार सचिव एवं सञ्चालक समितिका अध्यक्षहरू हरिप्रसाद बस्याल, डा. बैकुण्ठ अर्याल लगायत २४ जनाविरुद्ध मुद्दा चलेको छैन ।

    अख्तियारले टेलिकमका सञ्चालक समिति सदस्यहरू रहेका सहसचिवहरु भुपाल बराल, उत्तरकुमार खत्री एवं अरु सदस्य शंकर लामिछाने माथि मुद्दा चलाएको छैन ।

    मुद्दा नचल्नेमा कम्पनी सचिव राजेन्द्र अर्याल, तत्कालीन प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी, तत्कालीन प्राविधिक अधिकृत भानुराज श्रेष्ठ, तत्कालीन निर्देशक राधाकृण्णा ढुङ्गेल, तत्कालीन नायव प्रबन्धक निर्देशक मिनु प्रधान पनि छन् ।

    कम्पनीका तत्कालीन निर्देशक सविना मास्के, तत्कालीन प्रबन्धकहरू हरि ढकाल, गंगासागर मातंछे, कुमारप्रसाद खतिवडा, प्रकाश मानन्धर, सुवोध रिमाल, शोभन अधिकारी, अनुप रेग्मीमाथि मुद्दा नचल्ने निर्णय भएको छ ।

    यसैगरी कम्पनीका तत्कालीन उपप्रबन्धकहरू मणिराज पौडेल, सुदिपराज घिमिरे, सरोज प्रधान, सन्तोष भण्डारी र तत्कालीन वरिष्ठ इन्जिनियर प्रयाग खड्कामाथि मुद्दा नचलाउने निर्णय भएको हो ।


    प्रतिक्रिया दिनुहोस