शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध तीन वटा मुद्दा दर्ता गर्दै अख्तियार


    हुलाक प्रेस

    • सोमबार, जेठ २६ २०८२१२:२६
    नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध तीन वटा मुद्दा दर्ता गर्दै अख्तियार

    काठमाडौँ । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा.चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनवटा घुस मुद्दा अदालतमा लैजाने निर्णय गरेको छ । 

    कर्जा प्रवाह गर्दा घुस एवं कमिसन लिने गरेको उजुरीमा छानबिन गरेसँगै अख्तियारले विशेष अदालतमा ३ वटा घुस मुद्दा दर्ता गर्न लागेको हो । 

    अख्तियार स्रोतका अनुसार आजै अख्तियारले अधिकारीविरुद्ध घुस मुद्दा दर्ता गर्ने तयारी छ । अधिकारीलाई आयोगले गत वर्ष माघ २९ गते नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । 

    उनले आफ्ना चालक उमेश महर्जनमार्फत ऋणीबाट कर्जाबापतको कमिसन उठाउने गरेको अनुसन्धानबाट फेला परेको थियो । 

    अख्तियारको छानबिनमा परेसँगै नेपाल राष्ट्र बैंकले पनि डा.अधिकारीलाई कारबाही गरिसकेको छ । केन्द्रीय बैंकले अनुचित क्रियाकलाप गरेको भन्दै अध्यक्षलाई जरिवानासहित अध्यक्ष पदबाट हटाउन नेपाल बैंकको सञ्चालक समितिलाई निर्देशन दिएको थियो । योसँगै उनी अध्यक्ष पदबाट निष्काशित भएका थिए ।

     


    प्रतिक्रिया दिनुहोस