बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आजदेखि काठमाडौंको विभिन्न ठाउँमा विद्युत् आपूर्ती बन्द हुने


    हुलाक प्रेस

    • बुधबार, पुस ४ २०८००९:५२
    आजदेखि काठमाडौंको विभिन्न ठाउँमा विद्युत् आपूर्ती बन्द हुने

    काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले आजदेखि चार दिन काठमाडौंका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । भूमिगत गर्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणले जनाएको हो । 

    बुधबार (आज)  चपली तथा बूढानीलकण्ठ क्षेत्र, बिहीबार गोंगबु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । 

    बिहान ९ः३० देखि दिउँसो २ बजेसम्प विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस