शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • झापामा तीन फरक स्थानमा तीन जना मृत फेला


    हुलाक प्रेस

    • बुधबार, जेठ २८ २०८२११:२८
    झापामा तीन फरक स्थानमा तीन जना मृत फेला

    बनियानी (झापा)  । जिल्लाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् । 

    अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड–२ फूलबारी टोलका  ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छ जनाइएको छ । तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #death
  • प्रतिक्रिया दिनुहोस