शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • डीएसपी हुँ मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ


    हुलाक प्रेस

    • बुधबार, जेठ २८ २०८२०१:५४
    डीएसपी हुँ मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको डीएसपी रहेको बताई प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा काभ्रेपलान्चोक घर भएका ४५ वर्षीय ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ र सुनसरी घर भएका ४२ वर्षीय रेवती ओझा रहेका छन् । 

    प्रहरी हिरासतमा रहेका मानिसको मुद्दा मिलाइदिने भन्दै छ लाख रुपैयाँ ठगी गरेको भनी प्राप्त निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न निम्न उनीहरूलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 
     
    अनुसन्धानका क्रममा ज्ञानु तामाङ २०७० फागुन २० गते हात हतियार खरखजाना सम्बन्धी कसुरमा ५ वर्ष जेल सजाय भुक्तान गरिरहेका र जुवा सम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस