शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • पत्नीले कुटपिट गर्दा ३० वर्षीय युवकको मृत्यु


    हुलाक प्रेस

    • शनिबार, जेठ ३१ २०८२०९:३७
    पत्नीले कुटपिट गर्दा ३० वर्षीय युवकको मृत्यु

    काठमाडौँ । भोजपुरमा पत्नीको कुटपिटबाट ३० वर्षीय युवकको मृत्यु भएको छ । 

    भोजपुर नगरपालिका-३ गुप्तेश्वर निवासी ३० वर्षीय प्रकाश राईको पत्नीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गएको बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट गम्भीर घाइते भएका उनको शुक्रबार मृत्यु भएको हो । 

    गम्भीर घाइते उनलाई बिहान छिमेकीले थाहा पाएर उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । प्रहरीले यो घटनामा थप अनुसन्धान जारी रहेको जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस