शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • वर्षापछि पहिरो जाँदा कान्ति लोकपथ र अरनिको राजमार्गसहित यी ५ सडक बन्द


    हुलाक प्रेस

    • आइतबार, असार १ २०८२११:३५
    वर्षापछि पहिरो जाँदा कान्ति लोकपथ र अरनिको राजमार्गसहित यी ५ सडक बन्द

    काठमाडौँ । वर्षापछि खसेको पहिरोले कान्ति लोकपथ र अरनिको राजमार्गसहित देशका मुख्य पाँचवटा सडक मार्ग अवरुद्ध भएका छन्। 

    मकवानपुरको भीमफेदी गाउँपालिका ८ भर्याङडाँडामा पहिरो खस्दा आइतबार बिहानदेखि कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

    त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध बनेको छ। 

    ललितपुरको बागमती गाउँपालिका ६ रुम्बाडाँडामा पिहरो खस्दा आश्राङदेखि गिम्दी जाने सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

    त्यसैगरि खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका ४ मा पहिरो खस्दा दिक्तेल गाईघाट सडक पनि अवरुद्ध भएको छ।

    खोटाङकै हलेसी तुवाचुङ नगरपालिका १० बर्खेटारमा पनि पहिरो खस्दा मध्यपहाडी लोकमार्ग एकतर्फी रुपमा बन्द भएको छ। 

    धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा पहिरो खस्दा रवि राँके भेडेटार सडक पनि आज बिहानदेखि पूर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ। 


    प्रतिक्रिया दिनुहोस